• मंसिर १३ २०८१, बिहीबार

नेपालमा पनि भेटियो ओमिक्रोन भाइरस

मंसिर २० २०७८, सोमबार

काठमाडौं । कोेरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोन भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।