• बैशाख ५ २०८२, शुक्रबार

तनहुँमा बन्दुकको गोली लागेर १७ वर्षीय किशोरको मृत्यु

मंसिर २० २०७८, सोमबार

तनहुँ । तनहुँमा भरुवा बन्दुक पड्केर गोली लाग्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

तनहुँ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी युवराज खड्काले दिएको जानकारीअनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ मा भरुवा बन्दुक पड्केर १७ वर्षका रोमित मल्लको मृत्यु भएको हो ।

उनका अनुसार आइतबार राति घटना भएको हो ।