• बैशाख ५ २०८२, शुक्रबार

काँग्रेस प्रदेश १ मा रोचक प्रतिस्पर्धा : सभापतिमा थापा विजयी, घिमिरे दुई मतले पराजित

मंसिर २० २०७८, सोमबार

विराटनगर । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ । महामन्त्रीमा पौडेल(कोइराला समूहका एकजना मात्र विजयी भएका छन् ।

सोमबार बिहान सकिएको मत परिणामअनुसार सभापतिमा उद्धव थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे ।