काठमाडौं । नेपाली काँग्रेस प्रदेश अधिवेशनमा लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी काँग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए ।
पुनले ८५२ मत पाएका छन् भने शाहको पक्षमा ७६७ मत खसेको छ । पुनले मत गणनाको सुरूवाती चरणबाटै अग्रता लिएका थिए ।