• मंसिर १२ २०८१, बुधबार

बिक्रीमा पदहरु : संस्कृति कि कुसंस्कृति !

मंसिर १९ २०७८, आईतवार

 वीपी विद्रोही । 

सेल ! सेल ! सेल !
सभापति : मात्र रु ९१००० ।
उपसभापति : मात्र रु ६१००० ।
महामन्त्री : मात्र रु ५१००० ।
सिमित अवधिको लागि भएकाले मौकाको फाइदा उठाउनुहोस् !
बम्पर उपहार : मुख्यमन्त्री
उपहारमा : सांसद
नत्र अरु अरु
नोट : उपहार प्राप्त गर्न काङ्ग्रेस सत्तामा पुगेको हुनुपर्ने छ । उपहार दाबी गर्न ठूला नेताको चाप्लुसी गुण्डागर्दी र दुईचार करोडको हैसियत भएको हुनुपर्ने ।

घोषित र अघोषित जे भएपनि–नभएपनि नेपालको संसदीय राजनीतिमा यो सुत्र सबै पार्टीमा लागु छ । जोसँग धेरै पैसा उही नेता । पुँजिवादी राजनीतिको विशेषता हो कि बिडम्बना ? काङ्ग्रेस जो आफूलाई प्रजातान्त्रिक समाजवादको सेनानी भन्छ ।

के समाजवादको अभ्यास यस्तै हुन्छ ? नेपालको संसदीय राजनीति कता जाँदैछ ? के नेपालको संसदीय राजनीतिले निमुखा र उत्पीडित जनसमुदायलाई न्याय दिन सक्छ ? निकास दिन सक्छ ? के अब नअघाउने यहाँको दलाल संसदीय राजनीतिसँग यो प्रश्नको जवाफ छ ?