• असार २५ २०८१, सोमबार

घोराहीमा गिफ्टसको ब्राण्ड एभरग्रिन

मंसिर १९ २०७८, आईतवार

घोराही, १९ मंसिर ।
एभरग्रिन म्यूजिक शप घोराही १५ शहिद उमेशमार्गमा गत साता शुरु गर्दा सञ्चालक भोला खनाल (कुलराज) ले फरक शैली अपनाउनु भयो । आफ्नै चार वर्षीया छोरी सुमेधा खनालले रिबन काट्नु भयो । सार्वजनिक पद धारण गरेका व्यक्तिबाट चर्चा बटुल्ने हुट्हुटी सञ्चालक खनालमा छ ।

यस अघि एभरग्रिन गिफ्टस् एण्ड म्यूजिक सञ्चालनमा ल्याउनु भएका खनालले अहिले स्पोर्टस र म्यूजिकलको अलगै पसल खोल्नु भएको हो । एभरग्रिनले गिफ्टस् र म्यूजिकका सामानको लागि पहिचान बनाई सकेको छ । विवाहको हुँदाको बरबधु विचको सम्झौता पत्र देखि, वर्थ डे, अतिथि सम्मान विदाई, विवाह, चाडवाडको गिफ्टस, भात खुवाई (छैठी), न्यारन लगायत अनेक जितका अवसरमा चाहिने गिफ्टसमा प्रख्यात मानिन्छ । भ्यालेन्टाईन डेमा ओर्जिनल रोज र अरु बेला हजारीका फुलका माला पनि पाइन्छ । इटेरियर डेकोरेसन प्लान्ट पनि राखिन्छ ।

यसरी सामान्यदेखि महंगा गिफटसका आईटम राख्दै आउँदा धेरैलाई एभरग्रिनमा गिफ्टस न किने अपुरो लाग्ने र त्यहाँ जानैपर्ने बनाएको छ । लामो समयदेखि एउटै क्षेत्रमा व्यवसाय गरेका खनाल धेरैसँग परिचित हुनुहुन्छ । तर, उद्घाटनमा उनीहरु सबैलाई बोलाउने र सामान भिडाउने काम पनि गर्नु भएन । प्रचार गर्ने र पुस सेल गरेर उद्घाटनमै कमाउने धेरैको लालच हुन्छ ।

अहिले शुरुगरेको सपमा स्पोर्टसका सबै सामानहरु उपलब्ध हुने खनालले बताउनु भयो । उहाँका अनुसार जिमका सबै सामाग्री पाइने छन् । व्याडमिन्टन, भलिवबल, फुटबल, क्रिकेट पाइने छन् । गेममा आवश्यक महिला पुरुषका कपडा तथा आवश्यक सम्पूर्ण समाग्री उपलब्ध हुने खनालको भनाई छ । उहाँले गुणस्तरीय सामान र सेवामा इमान्दारीता देखाउने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरी वाद्यवादन अन्तर्गत गिटार, हार्मोनियम, मादल, तबला, ड्रमसेट, बाँसुरी, खैंजडी, चाँप लगायत सम्पूर्ण सामग्री रहेको खनालको भनाई थियो । उहाँले कला संगीतको विकास गर्न चाहेको बताउनु भयो । यसो त ग्राहकले अर्डर गरेको ब्राण्डेड सामान मगाउनेदेखि गाउँमा फुलाएका हजारी ल्याउनेसम्म सेवा छ । उता किसान प्रोत्साहीत यता पैसावालको इच्छा पुरा हुन्छ । पसलका सजावट र सरसफाइमा उत्कृष्ट भनेर दाङ जिल्ला उद्योग वाणिज्य सांघले सम्मान गरेको थियो ।

शुद्ध नाफा मात्रै नहेरी गित संगीत र खेलकुदको विकासमा योगदान गर्न अतिथिहरुले शुभकामना दिएका थिए । विश्वमा प्रचलित खेलकुदका सामग्री ल्याएर खेलाडीलाई सजिलो बनाई र खेल विस्तार गर्न आग्रह गरे । मौलिकता जोगाउने वाद्यवादनका सामग्री सुपथ मूल्यमा पाइने व्यवस्था गर्न सुझाव दिए । खेलकुद, कला संगीत लगायत विभिन्न क्षेत्रका अतिथिलाई निम्त्याइएको थियो । पहिचान बनेपछि पैसा आफै आउँछ उदाहरण खनाल बन्नुभएको छ ।