काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा शनिवार सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्षको निर्वाचनमा हार बेहोरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा पूर्वअध्यक्ष कमल थापाले राजा ज्ञानेन्द्रलाई व्यंग्यात्मक रुपमा धन्यवाद दिएका छन् ।
अध्यक्ष पदको प्रतिस्पर्धामा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयीभएपछि आक्रोशित थापाले ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गोहस्तक्षेप भएको’ गम्भीर आरोप लगाएका छन् ।
महाधिवेशनको मुखैमा थापाले पटक पटक निर्मल निवासलाई आफ्नो ‘अप्ठेरो’कोरुपमा इंगित गर्दै आएका थिए । उनको भनाइ थियो, ‘यदि निर्मल निवासले खेलेन भने उनको विजय सुनिस्चित छ ।’
पार्टीभित्र भएको प्रतिस्पर्धामा भएको पराजयलाई सहर्ष स्वीकार गर्ने बताए पनि देश गणतन्त्रमय भएका बेला आफूले राजतन्त्रलाई काँधमा हालेर एक दशक बिताउँदा आज त्यसैको परिणामस्वरुप यस्तो पुरस्कार पाएको बताएका छन् ।
उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु ।’
