• फाल्गुन २८ २०८२, बिहीबार

राप्रपा महामन्त्रीमा चर्चित नायिका रेखा थापा पराजित

मंसिर १९ २०७८, आईतवार

काठमाडौं । राप्रपाको महामन्त्रीमा उमेदवारी दिएकी चर्चित नायिका रेखा थापा पराजित भएकी छिन् । महिलातर्फको महामन्त्रीमा कुन्ती शाहीसँग प्रतिस्पर्धा गरेकी उनी पराजित भएकी हुन् ।

कुन्ती २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । रेखाको पक्षमा १६ सय ४० मत खसेको थियो । कुन्ती कमल थापाको प्यानलमा थिइन् भने रेखा राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी थिइन् ।