• फाल्गुन २८ २०८२, बिहीबार

काँग्रेस गण्डकी प्रदेश अधिवेशन : पौडेल समूहका शुक्रराज शर्मा सभापति पदमा विजयी

मंसिर १९ २०७८, आईतवार

काठमाडौं । नेपाली काँग्रेस गण्डकी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् ।

मत गन्न बाँकी छ । तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो । शर्मा पौडेल कोइराला समूहका हुन ।

४६ मत गन्न बाँकी रहँदै शुक्रराज शर्मा विजयी भएका हुन् । एक हजार १०० मत गणना हुँदा शुक्रराज शर्माले ५८५ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी अर्जुन जोशीको पक्षमा ५१० मत खसेको छ ।