• फाल्गुन २७ २०८२, बुधबार

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनको अग्रता कायमै

मंसिर १९ २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि शनिबार राति मतदान कार्य सकिएको छ । उक्त कार्य सकिएको केहीबेरमा मत गन्ने क्रम जारी छ ।

केही बेरअघि प्राप्त परिणामअनुसार अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले ११२१ मत पाउँदा उनका प्रतिस्पर्धी कमल थापाले १०२० मत पाएका छन् ।

शनिबार दिउँसो करिब १२ बजे सुरु भएको मतदान राति साढे ११ बजे सकिएको राप्रपा निर्वाचन समितिका एक सदस्यले बताए । उनका अनुसार कूल ३८७३ मत खसेको छ ।