• फाल्गुन २७ २०८२, बुधबार

काँग्रेस प्रदेश अधिवेशन : कर्णालीमा देउवा समूहका ललितजंग शाही विजयी

मंसिर १९ २०७८, आईतवार

काठमाडौं । नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवानिकट ललितजंग शाही विजयी भएका छन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट भूपेन्द्रजंग शाही र नेता विमलेन्द्र निधिनिकट मोतिराज बमलाई पराजित गरेक हुन् । यद्यपि मत परिणाम भने आधिकारिक घोषणा हुन भने नै बाँकी छ ।

हिजो (शनिबार) कर्णाली प्रदेको राजधानी सुर्खेतमा भएको मतदानमा कुल ७७१ मध्ये ७५४ मत खसेको थियो ।