• फाल्गुन २८ २०८२, बिहीबार

छिट्टै सरकारमा जान्छौं : ओली

मंसिर १८ २०७८, शनिबार

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने जिकिर गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए ।

सम्पदाहरूको पुनर्निर्माण, राजमार्ग लगायत पूर्वाधारको निर्माणकार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको उनले दोहोर्याए । मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ छ । ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अरू पार्टीका कार्यकर्तालाई आह्वान पनि गरे ।

आफूले सरकारमा रहेर केही काम गर्न नट बोल्ट जोड्ने काम गरे पनि अरू कसैले फुस्काइदिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए । अघिल्लोपटक नेपाललाई भूजडित देशको रूपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको उनको भनाइ थियो ।