• मंसिर १३ २०८१, बिहीबार

जातीय आधारमा राज्यको पुनसंरचनाको विषयलाई नछाड्ने डा. भट्टराईको प्रतिबद्धता

मंसिर १८ २०७८, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको पुनसंरचनाको बिषयलाई आफुले नछाडने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा भट्टराईले यसअघि आफूहरुले भन्दै आएको जातीय र सामथ्र्यका आधारमा राज्यको पुनसंरचनाको बिषयलाइ नछाडेको बताए ।

आफूहरुले राखेको बिषयलाई संसदबाट अनुमोदन गराउनका लागि अहिले दुई तिहाई नपुग्ने भएकाले अवको निर्वाचनको परिणामपछि आफ्ना मुद्दालाइ स्थापित गर्न लाग्ने उनले बताए।

भट्टराईले केपी ओलीको मुर्खताका कारण मुलुकको संघीयता नै खतरामा परेकाले आफूहरु एकजुट भएको र केही उपलव्धी जोगाउन सरकारमा सहभागी भएको बताए । उनले संविधान संशोधनको प्रस्ताव अघि बढाउन पहल गर्ने र त्यसका लागि सडक र सदनबाट संघर्ष गर्ने जिकिर गरे ।