• बैशाख १० २०८२, बुधबार

कोरोनाका कारण भारतका वरिष्ठ पत्रकार दुआको निधन

मंसिर १८ २०७८, शनिबार

नयाँदिल्ली । भारतका पत्रकार विनोद दुआको निधन भएको छ । ६७ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

उनी छोरी मल्लिका दुआले उनको अन्तिम संस्कार दिल्लीको लोधी नगरको आर्यघाटमा गरिने जानकारी दिएकी छन् । दुआ पोस्ट कोभिड बिरामीका कारण गम्भीर भएपछि आईसीयूमा भर्ना भएका थिए ।

दूरदर्शन र एनडीटीभीमा लामो समय काम गरेका दुआ यो वर्षको सुरुवातमा कोरोना सङ्क्रमित बनेका थिए । त्यति बेला पनि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।