• मंसिर ७ २०८१, शुक्रबार

अचम्मै : रोबोटले पनि बच्चा जन्माउने भो !

मंसिर १८ २०७८, शनिबार

रोबोटले बच्चा जन्माउन सक्ने भनी वैज्ञानिकहरुले ठोकुवा गरेपछि मानव जगत एक पटक फेरि चकित परेको छ । पहिले मानिसले गर्ने काम रोबोटले गर्छ चन्ने सुन्दा हामी रोमाञ्चित र चकित भएका थियौं । मानिसले गर्ने काम रोबोटले अहिले सामान्य अवस्थामा गरिरहेका छन् ।

विज्ञान र प्रविधिको क्षेत्रमा भएको ‘आर्टिफिसियल इन्टेलीजेन्स’ को सफलताका कारण वैज्ञानिकहरु अहिले रोबोटले बच्चा जन्माउन सक्ने ठोकुवा गर्न पुगेका छन् । अमेरिकी वैज्ञानिकले सृजना गरेको पहिलो जीवित रोबट सेनोबोट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् ।

एउटा अफ्रिकी भ्यागुतो सेनोपोस लेभिसबाट सृजना गरिएका सेनोबोट्समा यसको सफल प्रयोग गरिएको छ । आकारमा एक मिलिमिटर जत्तिका फराकिला यी भ्यागुताहरु प्रयोगशालामा मजासँग हिँडडुल गर्ने र समूहमा काम गर्ने भएका छन् ।

यी सृजनामा वैज्ञानिक तथा इन्जिनियरहरूले विरुवा वा जनावरहरुमा भन्दा बिल्कुलै फरक खालको प्रजनन विकास गरेको कुरा दाबी गरेका छन् । सर्जक मिसेल लेभिन ‘आविष्कारबाट आफूहरु अचम्भित परेको’ कुरा शेयर गरिरहेका छन् ।

हाल वैज्ञानिक ल्याबमा रहेका ती भ्यागुताले सामान्य र प्राकृतिक तरिकाले बच्चा जन्माउने गरेका छन् । यतिसम्म कि नयाँ वातावरणमा छोडिदिने हो भने ती भ्यागुताहरु नयाँ ढंगले हिँडडुल गर्न र नयाँ तरिकाले प्रजनन् गर्न समेत सक्षम हुने छन् ।

यिनमा प्रयोग गरिएका स्टिम सेल अनिश्चत कोष हुन् । तर यिनमा विभिन्न प्रकारको कोषमा विकसित हुने क्षमता रहेको हुन्छ । सेनोबोट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुतोको भ्रुण जीवित स्टिम कोषलाई नष्ट गरेर अन्डा निश्कासनका लागि छोडिदिएका थिए तर ती कोषमा भएका जीनलाई कुनै परिवर्तन गरिएको थिएन ।

यो रोबोट भ्यागुताको कोषबाट वंशानुगत रुपमा बनाइएको जीव हो । सेनोबोट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बौद्धिकताको सहयोगमा अनुसन्धान अघि बढाइएको छ ।

भ्यागुतामा गरिएको यो सफलता मानवरुपी जीवित रोबोटमा पनि शतप्रतिशत सफलतम् प्रयोग गर्न सकिने छ । यसैका आधारमा जीवित रोबोटले बच्चा पैदा गर्न सक्छ भनेर ठोकुवा गरिएको हो ।