• चैत्र २६ २०८१, बुधबार

सत्ता गठबन्धन तोड्न विदेशीहरु लागिरहेका छन् : प्रवक्ता महरा

मंसिर १८ २०७८, शनिबार

बुटवल । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन तोड्न विदेशी शक्ति लागिपरेको बताएका छन् ।

पार्टीको सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति लागि परेको उनले बताए । तर कुन विदेशी शक्ति भन्ने स्पष्ट खुलाएनन् ।

अहिलेको गठबन्धन संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि बनेको भन्दै उनले भने, ‘हामी संविधानका उपलब्धिहरु जोगाउने पक्षमा छौं तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन् ।’

एमाले अध्यक्ष केपी ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेको आरोप लगाए । माओवादी शक्तिहरु एक हुुनपर्नेमा जोड दिँदै महराले बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताए ।