• चैत्र २६ २०८१, बुधबार

राप्रपा महाधिवेशन : खस्यो १५ सय मत

मंसिर १८ २०७८, शनिबार

काठमाडौं । राप्रपाको महाधिवेशमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा १५ सय मत खसेको छ ।

निर्धारित समय भन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान प्रक्रिया जारी छ । निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अहिलेसम्म १५ सय मत खसेको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौं आएका छन् । महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमती प्रदेशबाट दुई सय ४५ जना, गण्डकी प्रदेशबाट दुई सय ५० जना, लुम्बिनी प्रदेशबाट पाँचसय जना, कर्णाली प्रदेशबाट एक सय ९७ जना र सुदूरपश्चिम प्रदेशबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन् ।

कुल १७९३ जना प्रतिनिधि महाधिवेशनमा रहेका छन् । निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस् ।

  1. राप्रपा महाधिवेशन : मतदान आज, अध्यक्षमा थापा-लिङ्देन भिड्दै, अन्य पदमा को-को भिड्दैछन् ? (नामावलीसहित)