• चैत्र २६ २०८१, बुधबार

नयाँ नेतृत्व चयनका लागि राप्रपाको मतदान जारी

मंसिर १८ २०७८, शनिबार

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि निकै प्रतिस्पर्धा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा मतदान जारी छ । तीनवटा पार्टी मिलेर बनेको राप्रपाको यो पहिलो महाधिवेशन भएकाले यसलाई एकता महाधिवेशनको संज्ञा दिइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा करीब १२.० बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । पहिलेको समय तालिका अनुसार बिहान आठ बजेदेखि सुरु हुने भनिएपनि मतदान सुरु हुन केही समय लागेको थियो । ढिलै सुरु भए पनि साँझ पाँच बजेसम्म मतदान भैसक्ने अनुमान गरिएको छ ।

बिहान ९ बजेदेखि मतदान हुने तालिकाअनुसार बिहान सात बजे नै लाइनबद्ध भइबसेका महाधिवेशन प्रतिनिधिहरु आफ्ना गुनासासहित अहिले मतदान स्थलमा सहभागी हुन पुगेका छन् । लामो समयसम्म भोकभोकै लाइनमा बस्नुपरे पनि आआफ्ना प्यानललाई जिताउन भन्दै प्रतिनिधि एक मत पनि सदुपयोग गर्ने पक्षमा देखिएका छन् ।

मतदानमा अध्यक्ष पदका लागि विद्युतीय मेसिन र अन्य पदका लागि मतपत्र प्रयोग गर्ने व्यवस्था गरिएको छ । अध्यक्ष पदका प्रत्यासीद्वय कमल थापा र राजेन्द्र लिङ्देन एकअर्काका निकटतम प्रतिस्पर्धी अनुमान गरिएका छन् । एक भोटले पनि जित हारको अनुमान भएलगत्तै अध्यक्ष पदका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको खुल्न आएको छ ।

राप्रपामा विधानतः व्यवस्था गरिएको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित १ सय ४९ सदस्य चुनिने छन् भने बाँकी ५० जना अध्यक्षबाट ममनोनित हुने छन् । अहिले निर्वााचनमा समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जना भिडन्त गरिरहेका छन् ।

त्यसै गरी ८ सदस्यीय पदाधिकारीका लागि १६ जना, पदाधिकारीमा १ महिलासहित चार उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यो पनि पढ्नुहोस्

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता,आफ्नो जित सुनिश्चित रहेको दाबी

राप्रपा महाधिवेशन : मतदान आज, अध्यक्षमा थापा-लिङ्देन भिड्दै, अन्य पदमा को-को भिड्दैछन् ? (नामावलीसहित)