• मंसिर १२ २०८१, बुधबार

मेला महोत्वस विरुद्द तुलसीपुरका फेन्सी व्यापारी सडकमा उत्रिए, यस्तो कारण !

मंसिर १८ २०७८, शनिबार

दोर्ण केसी, तुलसीपुर, १८ मंसिर ।
विज्ञहरुले नेपालको व्यापार घाटा अर्बौं पुगेको बताइरहेका छन् । नेपालमा आफ्नो उत्पादन निकै कम मात्रै छर आफूलाई आवश्यक पर्ने वस्तुहरु नेपालीले विदेशबाट आयात गर्नु परिरहेको छ । सरसर्ती बजार अनुगमन गर्ने हो भने नेपालको बजारमा लगभग ९५ प्रतिशत मालसामान विदेशी बहुराष्ट्रिय कम्पनीले उ त्पादन गरेर हामीलाई पठाइदिएका छन् । अधिकांश नेपाली व्यापारीले तिनै विदेशीले पठाइदिएका वस्तुहरुको व्यापार गरेर गुजारा चलाइरहेका छन् ।

आत्मनिर्भर हुनका लागि राज्यको कुनैपनि योजना नभएको वा भएर पनि कार्याज्वय न गर्न हिच्किचाएका कारण यस्तो अवस्था आएको हो भन्नेमा कुनै पनि शंका गर्नुपर्दैन । विदेशबाट आयात गरिएका तिनै मालवस्तुहरुको व्यापार गर्नका लागि वर्षेनी मेला तथा महोत्सवहरु गर्ने गरिन्छ । ती मेला तथा महोत्सवहरुमा नेपाली उत्पालन भन्दा विदेशबाट आयातित सामानहरु नै बढी बिक्ने गर्दछन् । मौसम अनुसार अब नेपालमा व्यापारका लागि मेला तथा महोत्वश लगाउने समय आउँदैछ ।

तर यसैबेला संसार भर तहलका मच्चाउँदै आएको कोरोनाको नयाँ प्रजातिले पनि मानिसहरुका मनमा आतंक सिर्जना गरिदिएको छ । यसै समयमा फेन्सी कपडाको व्यापार गर्दै आएका दाङको तुलसीपुरका व्यवसायीहरुले तुलसीपुरमा आयोजना गर्न लागिएको मेला महोत्सवको विरोधमा गरेका छन् । मेला लगाउँदा आफ्ना पसलमा रहेका कपडा नबिक्ने उनीहरुको भनाई रहेको छ । फेन्सी व्यवसायी लगायत व्यवसायीहरुले जाडोको समयमा व्यवसायीहरुका कपडा नबिक्ने र व्यापारमा आफूलाई घाटा लाग्ने भन्दै फेन्सी व्यवसायी लगायत विभिन्न व्यवसायीहरुले विरोध र्याली निकालेका छन् ।

उनीहरुले तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालय पनि घेराउ गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । कोरोना महामारीको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ भाइरसको संक्रमण फैलिरहेको अवस्थामा मेला महोत्सव सान्दर्भिक नभएको भन्दै तुलसीपुरका व्यवसायीहरुले शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमानगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र समेत बुझाएको तुलसीपुर उद्योग वाणिज्य संघको फेन्सी व्यवसायी उपसमितिका संयोजक रुपेश शर्माले जानकारी दिए ।

विभिन्न बहानामा मेला महोत्सव लगाउँदा व्यवसायीलाई व्यापारमा घाटा हुने भन्दै व्यवसायीहरु आन्दोलन गर्न बाध्य भएको उनको भनाइ रहेको छ । यसैबिच तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले संघमा फेन्सी व्यवसायी लगायत अन्य व्यवसायीहरुले विरोध स्वरुप ज्ञापनपत्र बुझाउन आएकोले आफुहरुले समर्थन गर्दै महोत्सव नलगाउने भनेको होइन बरु महोत्सव अहिल माघ, फागुनतिर लगाउने भनेको हौं भन्ने प्रतिकृया दिए । संयोजक शर्माले बिहीबारदेखि मेला लगाउन नहुने भन्दै हस्ताक्षर संकलन शुरु गरेको समेत बताए ।

तुलसीपुरमा व्यवसाय गर्दै आएका बहुमत व्यवसायीले मेला महोत्सवको विरोध गर्दापनि सुनुवाई नभए आफूहरु बन्द, हड्ताल लगायतका आन्दोलनमा जान बाध्य हुने शर्माको भनाई रहेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट आइरहेको समयमा मेला महोत्सव लगाउँदा महामारी फैलिने झनै संभावना बढ्ने हुँदा आफूहरु विरोधमा उत्रनु परेको उनले तर्करहेको छ । यसैबिच बुधबार मात्रै चन्द्र–सूर्य यातायात प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलन गरि ‘प्रथम प्रादेशिक फेस्टिबल’ तुलसीपुर–६ बरुवागाउँमा मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागेको जानकारी दिएको थियोे । त्यस्तै नेकपा एमाले निकटको ब्यापारिक संगठन तुलसीपुर चेम्बर अफ कमर्शले पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमै महोत्सव लगाउने जानकारी दिएको थियो ।

सो संगठनका अध्यक्ष तथा महोत्ससव सञ्चालनका संयोजक टोपबहादुर घर्तीले विगतका समयमा तुलसीपुर उद्योग वाणिज्य संघ लगायत विभिन्न सरोकारवाला निकायहरुले महोत्सव सञ्चालन गर्दा फेन्सी व्यवसायी लगायत विभिन्न व्यवसायीहरु मौन रहने तर हामीहरुले महोत्सवको कुरा निकाल्दा उनीहरूलाई केको आपत्ति ? भन्दै महोत्सव सञ्चालनका लागि हाम्रो सम्पूर्ण तयारी भइसकेकाले जो सुकैले विरोध गरेतापनि आफूहरुले महोत्सव सञ्चालन स्थगित नगर्ने जानकारी दिए ।