• चैत्र २६ २०८१, बुधबार

सामाजिक संजालमा एउटै पार्टीका कमल थापा र रेखा थापबीच टकराव

मंसिर १७ २०७८, शुक्रबार

काठमाडौं । राप्रपा पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले सोही पार्टीका अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि कडा जवाफ फर्काएकी छिन् ।

थापाले रेखाको आलोचना गर्दै एक भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि रेखाले पनि थापाले एमसीसीको पक्षमा दिएको अभिव्यक्तिको भिडियो क्लिप सार्वजनिक गरेकी हुन् ।

उनले सो भिडियो क्लिप सार्वजनिक गर्दै भनेकी छिन्, ‘नो कमेन्ट ! राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई ?’ भिडियो क्लिपमा कमल थापाले एमसीसीबारे राष्ट्रिय सहमति रहेकाले पास गर्नुपर्ने धारणा राखेका छन् । यसअघि कमल थापाले रेखा गणतन्त्रवादी भएको भन्दै उनलाई हिन्दुवादी पार्टीमा ठाउँ नरहेको आशय दिने भिडियो क्लिप राखेका थिए ।