• चैत्र २६ २०८१, बुधबार

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता,आफ्नो जित सुनिश्चित रहेको दाबी

मंसिर १७ २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवशेनमा राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएसंगै आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।

बुधबार सुरू भएको राप्रपा महाधिवेशनमा आजमात्रै चुनावी प्रक्रिया सुरू भएको हो ।

लिङ्देनले उम्मेद्धवारी दिएपछि मिडियालाई दिएको प्रतिक्रियामा आफ्नो जित सुनिश्चित रहेको बताए ।उनले भने, ‘विजयी हुनेमा त कुनै शंकै छैन् नि ।’ उनले अहिले नेतृत्व परिवर्तनको आवश्यकता देखिएकोले आफूले उम्मेदवारी दिएको स्पष्ट पारे ।