• चैत्र २६ २०८१, बुधबार

न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ : प्रचण्ड

मंसिर १७ २०७८, शुक्रबार

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्ने बताएका छन् ।

पत्रकारसँग शुक्रबार कुराकानी गर्दै उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताउदै न्यायपालिकालाई समस्या पर्दा सहयोग गर्ने बताए । उनले भने, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि, संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ ।” उनले थपे, “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि, गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।”

सहयोग न्यायपालिकालाई सहयोग गर्दै जाने उनको भनाइ थियो । प्रधानन्यायाधीश डिस्चार्ज भएर आएको भन्दै उनले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने उनले बताए ।