• असार १६ २०८१, शनिबार

ज्याक डोर्सीले छाडेसँगै अग्रवाल बने ट्विटरका सिइओ

मंसिर १७ २०७८, शुक्रबार

काठमाडौँ । चर्चित सामाजिक संजाल ट्विटरको प्रमुख कार्यकारी (सिइओ)पदबाट ज्याक डोर्सीले दोस्रो पटक राजिनामा गरेका छन् । प्रविधिको दुनियाँका एक चर्चित व्यक्ति डोर्सीले पहिलो पटक त्यही सामाजिक संजाल सन् २००१ मा छोडेर विद्युतीय भुक्तानी माध्यम स्क्वायर स्थापना गरेका थिए । सन् २०१५ मा ट्विटरमा फिर्ता आएका डोर्सीलाई प्रविधि क्षेत्रका एक इमान्दार, आदर्शवादी व्यक्तित्व भनेर संसारले चिन्ने गर्छ भने उनी स्वयम् प्रविधिले विश्वमा शान्ति र समृद्धि ल्याउन सक्छ भन्ने कुरामा विस्वास गर्छन् ।

संचार प्रविधि क्षेत्रमा डोर्सी एक दुरदर्शी मानिस समेत हुन् । बीबीसीका जेम्स क्लेटनले डोर्सीलाई एक हिप्पी तथा स्वतन्त्रतावादी मात्रै होइन कहिलेकाहीँ उनको जीवनदर्शन अनौठो समेत देखिने गरेको लेखेका छन् ।

ट्विटरका सहायक संस्थापक समेत मानिने डोर्सी अस्ति सोमबारसम्म स्क्वायर र ट्विटर दुइटै संस्थाका प्रमुख कार्यकारी पदमा आसिन थिए । गतवर्ष ट्विटरमा ठूलो लगानी रहेको एलिअट म्यानेजमेण्टले डोर्सीलाई ती दुईमध्ये एक पद छोड्न वा रोज्न दवाब दिएको बताइएको छ । सो म्यानेजमेण्टले ट्विटरको लागि मात्रै काम गर्ने प्रमुख कार्यकारी खोजेको थियो । म्यानेजमेण्ट टिम संगको सल्लाहमा र योजनामा डोर्सीले ट्विटरबाट राजिनामा दिएको हुनाले सो कम्पनीको सेयर मूल्य धेरै ओरालो नलागेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

ट्विटरमा लगानी गर्ने लगानीकर्ताले केहि समयदेखि आफ्नो विशाल संख्यामा रहेका प्रयोगकर्ताहरुको कारण कमाउन सक्ने पैसाप्रति कसरी ध्यान दिने भनेर सोच बनाइरहेका थिए । यस कामको लागि ट्विटरलाई मात्रै प्राथमिकतामा राखेर काम गर्ने प्रमुख कार्यकारी उपयोगी हुन सक्छ कि भनेर सोच बनाइरहेका थिए । गुगल र फेसबुकको तुलनामा ट्विटर सानो भएपनि आफ्ना प्रयोगकर्तालाई नराम्रो अनुभव भएर हुने अर्थ संकलनबारे डोर्सीले सोचेका थिएनन् भन्ने गरिन्छ । एद्यपी उनले कम्पनीलाई नाफा होस् भनेर केही परिक्षण भने गरेका थिए । डोर्सीले सन् २०२३ को अन्त्यसम्म ३२ करोड ५० लाख अमेरिकी डलर कमाउने लक्ष्य राखेका थिए । ज्याक डोर्सीले राजिनामा दिएसंगै पराग अग्रवाल सो सामाजिक संजाल ट्विटरका प्रमुख कार्यकारी बनेका छन्।

को हुन् डोर्सी र अग्रवाल ?

हालै ट्विटरको प्रमुख कार्यकारीबाट दोस्रो पटक राजिनामा दिएका ज्याक डोर्सीको पुरा नाम भने ज्याक पेट्रिक डोर्सी हो । उनको जन्म सन् १९७६ नोभेम्बर १९ मा अमेरिकाको सेन्ट लुइस राज्यको मिसोरी भन्ने ठाउँमा भएको थियो भने अहिले उनी ४५ वर्षका भएका छन् । उनका बुवा र आमाको नाम टिम र मरिका हो । उनका बुवाआमा इटालीबाट अमेरिका आएर बसोबास गरेको बताइन्छ । उनले आफ्नो उच्च शिक्षा अमेरिकाको रोला मिसोरी विश्वविद्यालय र न्युयोर्क विश्वविद्यालयबाट पुरा गरेका छन् । उनी ट्विटर र स्क्वायर कम्पनीका संस्थापकमध्ये एक हुन् ।

त्यस्तै हालै ट्विटरको प्रमुख कार्यकारी नियुक्त भएका पराग अग्रवाल भने भारतको राजस्थान राज्यको अजमेर भन्ने ठाउँमा जन्मेका हुन् । हाल ३८ वर्षमा दौडिरहेका अग्रवाल सन् १९८४ मे २१ मा जन्मेका हुन् । चर्चित भारतीय गायिका श्रेया घोषाल र अग्रवालले विद्यालय स्तरमासँगै पढेका थिए । भारतीय इन्स्टिच्युड अफ टेक्नोलोजी बम्बेबाट बिटेक गरेका अग्रवाले अमेरिका गएर त्यहाँको स्टेनफोर्ड विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा विद्यावारिधि गरेका छन् । माइक्रोसफ्ट, याहू लगायतका कम्पनीहरुमा काम गर्दै सन् २०११ मा उनी ट्विटरमा जोडिएका थिए ।