• चैत्र २६ २०८१, बुधबार

ट्र्याक्टर दुर्घटना हुँदा श्रीमानकाे मृत्यु, श्रीमती घाइते

मंसिर १७ २०७८, शुक्रबार

जाजरकाेट । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् ।

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् ।

उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए ।