• चैत्र २६ २०८१, बुधबार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : काठमाडौंमा हुने, पार्टी सदस्य ७ लाखभन्दा बढी

मंसिर १७ २०७८, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आसन्न पुसमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पुसको ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनकाअनुसार अहिलेसम्म पार्टी सदस्य संख्या सात लाख छ हजार कटेका छन् । यो संख्या थपिने उनले बताए । माओवादी केन्द्रले पार्टी सदस्य संख्या ८ लाख पुर्‍याउने तयारी गरेको छ ।

माओवादीले वडा अधिवेशनहरू सफलताका साथ सकिएको दाबी पनि गरेको छ । माओवादीले पालिका अधिवेशनहरू पनि गरेको थियो । एकदुई दिनभित्रमा बाँकी रहेका पालिका अधिवेशनसमेत गरिसकिने महराले बताए ।

यही मंसिर २५ मा प्रदेश अधिवेशन गर्ने तयारी माओवादीको छ ।