• मंसिर १३ २०८१, बिहीबार

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

मंसिर १७ २०७८, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद ११९ रुपैयाँ ७० पैसा र विक्रीदर १२० रुपैयाँ ३० पैसा तोकेको छ ।

यूरोपियन यूरो एकको खरिददर ​ १३५ रुपैयाँ ५७ पैसा र विक्रीदर १३६ रुपैयाँ २५ पैसा रहेको छ । एक कतारी रियाल खरिदका लागि नेपाली ३२ रुपैयाँ ८८ पैसा रहेको छ ।

साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ११ पैसा र विक्रीदर ८५ रुपैयाँ ५४ पैसा रहेको छ ।

यस्तै क्यानेडी डलरको बिनिमयदर आज ९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९४ रुपैयाँ ११ पैसा, सिंगापुर डलर एकको खरिदर ८७ रुपैयाँ ५९ पैसा र विक्रीदर ८८ रुपैयाँ ०३ पैसा, जापानी यन आज १० खरिददर नेपाली १० रुपैयाँ ५८ पैसा र विक्रीदर १० रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै सबै भन्दा महँगो पैसा कुवेतको दिनार रहेको छ । जसको एकको खरिददर ३९५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ७१ पैसा रहेको छ ।