काठमाडौं । गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
कक्षा १२ को परीक्षा गएको ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बोर्ड बैठकमा आज नतिजा सार्वजनिक गर्ने विषयमा सहमती भएको छ । गएको बैशाखमै सञ्चालन गर्नुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण असोजमा सञ्चालन गरिएको थियो । परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो ।