काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरिएको छ ।
प्रचार ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसले झण्डा बोकेका छन् भने चुनाव चिन्ह रुख तथा वीपी कोइराला लगायतका अग्रज नेतृत्वको तस्वीर समेत राखिएको छ ।
यससँगै केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको कांग्रेसको महाधिवेशन पूर्वको एक हप्ते प्रचार अभियान सुरु भएको छ ।