काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढनुपर्नेमा जोड दिएका छन् ।
बिपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको आवश्यकता रहेको बताए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले समय र मागअनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।