• चैत्र २७ २०८१, बिहीबार

तेल अभिभ बन्यो संसारकै सबैभन्दा महँगो शहर, सस्तो शहर कुन बन्यो ?

मंसिर १६ २०७८, बिहीबार

काठमाडौँ। संसारको सबैभन्दा होचो भुभाग इजराइलको मृत सागर नजिक रहेको शहर तेल अभिभ मानिसले बसोबास गर्नलाई संसारको सबैभन्दा महँगो शहर घोषित भएको छ। वर्षभरिको आर्थिक सर्भेक्षण गरेर संसारकै महँगो र सस्तो शहरहरुको सुचि निकाल्दै आएको इकोनोमिक्स इन्टेलिजेन्स युनिट (ईआइयु)ले आफ्नो वार्षिक सर्भेक्षण  प्रकाषित गर्दै सो शहरलाई संसारको सबैभन्दा महँगो शहर पाइएको बताएको हो।

उता आन्तरिक तथा विदेशी शक्तिहरुको युद्धका कारण द्वन्दमा फसेको सिरियाको राजधानी दमास्कस ईआइयुको सुचिमा संसारको सबैभन्दा सस्तो शहरको सुचिमा सुचिकृत भएको छ। ईआइयुको विश्लेषणमा बढ्दो मुद्रास्फिती दर र संसारको खाद्य लगायतका बस्तुहरुको आपुर्ती प्रणालीमा आएको समस्याका कारण संसारभरी शहरको बसाईको खर्च झन् बढेको छ।


Advertisement

ईआइयुद्वारा प्रकाषित वार्षिक सर्भेक्षणमा फ्रान्सको राजधानी पेरिष र सिंगापुर संसारको दोस्रो महँगो शहरको सुचिमा संगै अटाएका छन्। उसको सुचिमा तेस्रो र चौथो महँगो शहरको स्थानमा स्विटजरल्याण्डको लोकप्रिय शहर जुरिच र हङकङ शहर रहेका छन्। तेल अभिभ इतिहासमै पहिलो पटक संसारको सबैभन्दा महँगो शहरको सुचिमा आएको हो।

ईआइयुको गतवर्षको सुचिमा सो शहर संसारको पाँचौं महँगो शहरको रुपमा रहेको थियो। रोचक र अनौठो त के रहेको छ भने संसारको सबैभन्दा महँगो शहर तेल अभिभ र सस्तो शहर दमास्कसको दुरी भनेको जम्मा २ सय किलोमिटर मात्र रहेको छ।