• फाल्गुन २८ २०८१, बुधबार

केपी ओलीले कम्युनिस्ट पार्टी सिध्याउँदै थिए हामाीले बचायौं : नेता चौधरी

मंसिर १६ २०७८, बिहीबार

कपिलबस्तु । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले आफ्नो पार्टी एमालेबाट विद्रोहपछि निर्माण भएको दावी गरेका छन् । कपिलवस्तु जिल्ला पार्टीको दोस्रो पूर्ण बैठकमा बोल्दै नेता चौधरीले बाहीर एकीकृत समाजवादी पार्टीको जसरी एमालेबाट फुटेर बनेको भन्ने हल्ला छ त्यो सही नभएको बताए ।

उनले आफ्नो पार्टी केपी ओलीले भने जस्तो एमालेबाट चोइटिएको सानो टुक्रा नभएको दावी पनि गरे । सो पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका नेता चौधरीले कम्युनिस्ट आन्दोलन जोगाउनका लागि आफूहरुले विद्रोह गरेर पार्टी निर्माण बताए ।

माधव नेपाल लगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएको उनले भने,‘केपी ओलीले दलाल र पुँजीवादीहरुसँग मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेका थिए ।

उनले विद्रोह गरेर निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेपालमा भएका सबै कम्युनिस्ट पार्टीहरुका बिचमा एकता गरेर ठूलो पार्टी बन्ने आधार तयार भएको बताए । अहिले सूर्य चिन्ह पाएको केपी ओली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न बाँकी रहेको उनको भनाई थियो ।

हिजो बहुमत दिनुस् हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउँछौं भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अबपनि भोट दिनुस् ३ वर्षमा संसद विघटन गर्छौं भनेर केपी ओली कम्पनी निर्र्वाचनमा जालान् त ? उनी भन्छन्,‘त्यसकारण अब केपी कम्पनीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट पनि जित्न सक्दैन ।’

बैठकमा केन्द्रीय सदस्य क्षेत्रबहादुर खत्री, केन्द्रीय सदस्य मिना परियार केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, जिल्ला अध्यक्ष लंकबहादुर हमाल लगायतले मन्तब्य राखेका समाचारमा जनाइएको छ ।