काठमाडौं । नेकपा (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । बैठकमा सम्मेलनमा प्रस्तुत गरिने पार्टीको विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायत विषयमा छलफल भइरहेको बताइएको छ ।