• चैत्र २४ २०८१, सोमबार

अब यी ११ मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टाइन बस्नै पर्ने

मंसिर १६ २०७८, बिहीबार

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई मध्यनजर गर्दै विभिन्न ११ मुलुकबाट नेपाल आउनेले अब अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समान्वय केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन बस्नैपर्ने बताएकाे छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकी मुलुकहरुमा फैलिरहेको छ । यसबाट बच्नका लागि नेपालले पनि सुरक्षा अवस्था कडा बनाएको हो ।

नेपाल सरकारले बेल्जियम, बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, जिम्बाब्वे, दक्षिण अफ्रिका, बेल्जियम, हङकङ, इजरायल र तान्जेनियाबाट आउने नागरिकहरुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी निमय ल्याएको हो।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा यात्रुहरुलाई क्वारेन्टाइनको व्यवस्था गरिने बताएको छ । उनीहरुलाई हाल होटल क्वारेन्टाइनमै राखिने बताइएको छ ।