• असार १७ २०८१, आईतवार

अनलाइन दर्ता खारेज गर्ने निर्णय खारेज गराउन सफल अधिवक्ता गिरी को हुन् ?

मंसिर १६ २०७८, बिहीबार

विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवक्ता विष्णु गिरी मेहनत, इमानदारिताका कारण नै कानुन ब्यवसायको क्षेत्रमा आफूलाई अब्बल सावित गरेका छन् । पछिल्लो समयमा उनले अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप ब्यवस्थापन गराउन अन्तरिम आदेश लगायत नागरिकता अध्यादेश खारेजी जस्ता राष्ट्रिय मुद्धा जितेपछि चर्चामा छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहयोग गदै आएका छन् ।

उनले गरेको पछिल्लो न्यायिक लडाइँप्रति सामाजिक संजाल र आमसञ्चार माध्यमको नजरमा परेका छन् । बहुआयामिक अनुभव भएका अधिवक्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनीसँग पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेर काम गरेको अनुभव पनि छ । गिरी गरिखाने वर्गमा जन्मिएर आफ्नै पौरखले सफल कानुन व्यवसायीका रुपमा उभिन प्रयासरत छन् । गिरी २०५८ सालमा मोरङबाट काठमाडौ खालिखुट्टा छिरेका व्यक्ति हुन् ।

मेहनत, परिश्रम, दुःख र सघर्षका ती दिनमा आफूलाई निरन्तरता दिंदै आएका उनी अहिले कानुनी क्षेत्रमा परिचित छन् । उनीमा कठिन समयमा अफ्ठ्याराहरुको सहज अवतरण गर्नसक्ने क्षमता छ । सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने गिरी शुरुमा कुनैपनि मुद्धा नआएपछि निरास जस्तै बनेर वरिष्ठ अधिवक्ताहरुको झोला बोक्न पनि खोजेका थिए तर त्यो पनि उनले नपाएपछि सार्वजनिक महत्वका विषयलाई उठान गरर न्यायिक लडाइँमा अधि बढे र मुद्धा पनि जित्तै गए र पछि उनको चर्चा पनि बढ्दै गयो ।

अहिले उनको ल फर्ममा प्रयाप्त मुद्धाहरु छन् । पहाडी जिल्लामा समान्य परिवारमा जन्मिएका अधिवक्ता गिरी मेहनत, इमानदारिता र कुशल व्यवस्थापकिय क्षमताकै कारण सफल भएका हुन् । मानिसको जीवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आइरहन्छन तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै सफलता पनि हात पार्न सकिन्छ भन्ने उदाहरण हुन् अधिवक्ता गिरी । उनको शुरुमा काठमाडौं बसाई निक्कै कष्टकर थियो ।

कुनैपनि ब्यवसायमा सफलता हात पार्नु र सफल बन्नु पक्कैपनि सहज कुरा होइन । निरन्तरको मेहनत र अथक प्रयासबाट मात्र कुनैपनि कुरामा सफलता हात पार्न सकिन्छ । अथक मेहनत र परिश्रमबाट प्राप्त भएको सफलतालाई बचाई राख्न र समाजको हितमा खर्च गर्न पक्कैपनि चुनौतिपूर्ण काम हो भन्ने अधिवक्ता गिरी अझै पनि न्याय क्षेत्रमा शुद्धिकरणको आवश्यकता रहेको बताँउँछन् । न्याय सम्पादनको कामलाई छिटो छरितो तरीकाले सम्पन्न गर्नको लागि सुधार आवश्यक छ ।

अधिवक्ता गिरीले मोरङ पब्लिक मावि धनिबनी गाउँबाट एसएलसी उतीर्ण गरेका उनी काठमाडौंको रत्नराज्य क्याम्स, त्रिभुवन विश्व विद्यालय तथा नेपाल ल क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन् । कुनै काम कानुनसम्मत भएन भन्ने लागेमा अधिवक्ता गिरी रिट बोकेर सर्वोच पुगिहाल्छन् । उनले बहस गरेका अधिकांश मुद्धामा उनको जित पनि भएको छ ।

अरुले यसो गर्यो उसो गर्यो, यो गरेन त्यो गरेन भन्नु भन्दा आफूले के गर्ने, कसलाई गर्ने, किन गर्ने र किन नगर्ने भन्ने कुरा मनन गरी केही न केही गर्नु पर्दछ भन्ने सोच राख्ने अधिवत्ता हुनु विष्णु गिरी । आफ्नो पेशाप्रति इमानदार र जिम्मेवार व्यक्तिको रुपमा चिनिएका गिरीका श्रीमती र १ छोरी १ छोरा छन् । अधिवक्ता गिरी, कोरिया, जापान थाइल्याण्ड, कम्बोडिया, बङलादेश, भारत र चीन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका छन् । उनले दर्जनौं सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।