विश्वमा सर्वप्रथम बालअधिकारको आबाज उठाउने बालअधिकारका अभियन्ता एग्लैन्टाइन जेबले सन् १९२३ मा बालअधिकारको लागि आवाज उठाई सुरु गर्नु भएको अभियानले झण्डै ६९ वर्षपछि मात्र सार्थकता पाउन सक्यो । मूलतः अहिलेसम्म विश्वका सबै भन्दा बढी राष्ट्रले एकै पटक अनुमोदन गरेको महासन्धि नै बाल अधिकारसम्बन्धी महासन्धि हो ।
यसरी संयुक्त राष्ट्र संघको महासभाले नेपाललगायत विश्वका १ सय ९२ देशद्वारा संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धिलाई पारित गर्यो । त्यसै क्रममा नेपालले पनि ३ भाग ५४ वटा धारा भएको उक्त महासन्धिमा वि.सं. २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।
जसका लागि संयुक्त राष्ट्रसंघीय बालकोष, बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायत संयुक्त राष्ट्रसंघको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यसरी जेबले तयार पार्नु भएको घोषणापत्रको आधारशीलामा नै बालअधिकार अभियानलाई अगाडि बढाउन विश्वका विभित्र देशहरूले पहल गरे ।
त्यसैको फलस्वरूप सन् १९८९ को नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाले बालअधिकारसम्बन्धी महासन्धि पारित गर्यो । तत्पश्चात् संयुक्त राष्ट्रसंघले विश्व समुदाय समक्ष सार्वजनिक अपिल गर्दै विश्वका सबै राष्ट्रलाई बालबालिकाको अधिकार सुनिश्चित गर्न प्रतिबद्धता लिई यस महासन्धिलाई अनुमोदन गर्न आह्वान गर्यो ।
सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकारसम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेपछि नेपालमा समेत विधिवत रुपमा बालअधिकार अभियानको सुरुवात भयो । त्यही लहरबाट नेपालमा पहिलोपटक बालबालिका सम्बन्धी ऐन २०४८, नियमावली २०५१ लगायत थुप्रै ऐन, नीति, नियम र कार्य योजना आयो ।
यसको साथसाथै हालसम्म ५० हजारको हाराहारीमा गैर सरकारी संस्था (एनजिओ) र ३ सयको हाराहारीमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) नेपालमा क्रियाशील रहेको तथ्यांक छ । यीमध्ये धेरैले बालअधिकारको क्षेत्रमा कार्य गर्ने भनि समाज कल्याण परिषद्बाट स्वीकृति लिएका छन् ।
तथ्याङक हेर्दा नेपालमा १६ लाख बालश्रमिक छन् भनिएको छ, बर्सेनि कति श्रमिक बालबालिका उद्दार र पुनस्र्थापित भए नगन्य मात्रामा भएको उद्दारलाई उनीहरुले नै दिएको तथ्यांकसँग तुलना गरेर हेर्ने हो भने १ प्रतिशतभन्दा पनि कम काम भएको देखिन आउँछ ।
तसर्थ, विश्वमा आज २५ करोडभन्दा बढी बालबालिका अत्यन्त जोखिमपूर्ण जीवन बिताउन बाध्य छन् । यी बालबालिकालाई यस स्थितिबाट मुतिm दिलाउन आज विश्वभरि नै आवाज बुलन्द भइरहेको छ । उपेक्षित बालबालिकालाई योग्य नागरिक बनाउनको निम्ति विश्वमा विभिन्न किसिमको कार्यक्रम तय भइरहेका छन् ।
बाल विकास मानव विकासको मूल आधार हो, सामाजिक शान्ति र सुव्यवस्थाको जग हो, सुदूर भविष्य वा अर्को पुस्ताको लागि मात्र नभएर प्रत्येक पुस्ताले आफ्नै भविष्य सुमुधुर पार्न गरिने लगानी हो, सभ्यता र संस्कृति अनि स्वयम् मानवीयतको पहिचान हो ।
यस कारण विश्व स्वास्थ्य संगठनको परिभाषाअनुरुप स्वस्थ रहनु भनेको केवल रोग नलाग्नु मात्र होइन, शारीरिक र मानसिकस्थिति राम्रो र हृष्टपुष्ट अवस्था रहनु एकातिर छ भने अर्कोतिर हेर्ने हो भने विश्वमा लगभग २० करोडभन्दा भन्दा बढि बाल श्रममा कार्यरत रहेको अनुमानित तथ्यांक छ ।
त्यस्तै गरी विश्वमा करिव १० करोडभन्दा बढि केटाकेटीले आधारभूत शिक्षा पाएका छैनन् र तिनीहरुमध्ये दुइतिहाई बालिकाहरु छन् । अझ यो दयनीय अवस्था अविकसित तथा कम विकसित राष्ट्रहरुमा व्यापक छ ।
यसैअनुरुप प्रत्येक साल भोकमरी, कुपोषण र रोगबाट करिब १ करोड ३० लाख केटाकेटी पाँचवर्ष नपुग्दै मर्दछन् । यो तथ्यलाई मध्यनजर राखी सार्क राष्ट्रले अझ बढि प्राथमिकता बालिकालाई दिएर सन् १९९० लाई बालिका वर्षको रुपमा मनाइयो ।
कुनै पनि देशका बालबालिका सुन्दर राष्ट्र निर्माता हुन् । यसर्थ राज्यको बागडोर सम्हाल्ने भोलिका होनहार समाज रूपान्तरणका हस्ती हुन् । यसको साथसाथै बालबालिका बिनाको समाजको कल्पनासम्म गर्न सकिदैन ।
आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् । वास्तवमा भन्ने हो भने कुनै पनि देशको भविष्य उनीहरुको उमेरसंगै बढिरहेको हुन्छ ।
त्यसैले बालबालिका वा उनीहरुको समस्या कुनै एक व्यक्ति वा विषयसँग मात्र सम्बन्धित नभई सबै क्षेत्र, वर्ग, समुदाय, पेशा, समाज र आममानिसको सरोकारको विषय हो । त्यसकारण सवै बालबालिकाको भविष्य उनीहरुको उमेरसँगै बढिरहेको हुन्छ ।
हाम्रो देशमा गरिबी र शिक्षाको कमीले एउटा शिशु दुई वर्ष नपुग्दै अर्को शिशु जन्म हुन्छ । तसर्थ, आमाले बच्चा जन्माएको एक महिना नपुग्दै बिहान बेलुकाको खोलेफाँडोमा चित्त बुझाउन, डोको बोकेर दाउरा खोज्न, पानी बोक्न वा खेत खन्न जान बाध्य हुन्छिन् ।
जसको कारणले गर्दा उनी, कुपोषित हुन्छिन् र आफ्नो सन्तानलाई उचित हेरचाह पोषणयुक्त खाना ख्याउन सक्दिनन् । बच्चा पनि कुपोषणबाट कमजोर बन्दै जान्छन र केही मृत्युको सिकार बन्छन् । जति मृत्युको मुखबाट उम्कन्छन् तिनीहरुले आफ्नो कमजोर आमाको पेट भर्नका लागि पनि बाल्यअवस्थादेखि नै ज्याला मजदुर गर्न बाध्य हुन्छन् ।
नेपालमा वि. सं. २०२१ सालमा बालहित कार्यक्रम संगठनात्मकरुपले देशव्यापीरुपमा सञ्चालन गर्न नेपाल बाल संगठनको जन्म भयो । यस संगठनले बाल बालिकाको हित र कल्याण गर्ने उदेश्यले अभिप्रेरित भै देशव्यापीरुपमा विभिन्न किसिमका कार्यक्रम व्यापकरुपमा सञ्चालन गर्दै आएको थियो ।
यसै सिलसिलामा देशमा बाल दिवस मनाउन २०३१ भदौ ४ देखि थालिएको हो । तत्कालीन मुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको जन्मदिन पारेर यसको सुरुआत गरिएको थियो, तर गणतन्त्र स्थापनासँगै दिन पनि फेरियो ।
हाल यो दिवस समय फेरिएर भदौ २९ मा यो दिवस मनाउने गरिन्छ । बालबालिकाको शिक्षादीक्षादेखि आवश्यक मात्रामा पौष्टिक आहारा वितरण एवम् स्वस्थ्यकर भोजनबारे शिक्षा दिने कार्य तदारुकता साथ भैरहेको छ ।
यसबाहेक जिल्लास्थित बालमन्दिरको निर्माण, शिशुकक्षा, पोष्टिक आहारा वितरण केन्द्र आदिको दिन प्रतिदिन बिस्तार हुंदै गइरहेको सर्वविदितै छ । यसबाहेक कतिपय ठाउँमा ‘बाल क्निनिक’ र ‘बालक बचाऊ’ कोष स्थापना गरिसकिएको छ ।
समग्रमा भन्नुपर्दा बालककाल मानिसको सवैभन्दा संवेदनशील समय हो । संसारका सबै सहरका सडकमा कुनै न कुनै प्रकारले बालबालिका बस्न पुग्छन् । काठमाडौंलगायत नेपालका सबै ठूला सहरमा यस्ता बालबालिका आउँछन् ।
तिनीहरूको व्यवस्थापनका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट बर्सेनि करोडौं रुपियाँ खर्च पनि गरिन्छ । तर, सडकमा बस्न आइपुगेका बालबालिका लक्षित कार्यक्रम औपचारिकरूपमै थालिएको करिब तीन दशक हुँदासम्म पनि समस्या र समाधानका सही उपायको पहिचानसम्म पनि हुनसकेको देखिएन ।
अहिले पनि काठमाडौं उपत्यकामा मात्र करिब तीन सय बालबालिका सडकमा बस्ने गरेको समाचार सार्वजनिक भएको छ । तिनमा लगभग आधा बालिकाको संख्या रहेको समाचारमा उल्लेख छ ।
अतः सडकमा रात गुजार्दै गरेका बालबालिकाको समस्या बेलाबखत गरिने प्रहरी कारबाही वा सरकारी उद्धारले कम गर्न नसक्ने पनि यसबाट स्पष्ट भएको छ । हाम्रो देशमा ६ लाख बालश्रमिक जोखिम मोलेर छाक टार्छन् । यसरी देशमा ५ वर्ष पहिलादेखि ७७ लाख ७० हजारमध्ये अझैं ४० प्रतिशत बालश्रमिकको दुर्दशा छिपेर बसेको छ ।
यसैगरी ४० प्रतिशत १६ वर्षमुनिका, ४४ प्रतिशत १८ वर्षमुनिका बालबालिकामध्ये करिब ६ प्रतिशत बालबालिका विद्यालय जान पाउँदैनन् । यसैक्रममा यौनहिंसा सिकार बत्रे, बेचबिखन, अपहरण, हत्याहिंसा, आफन्तबाटै प्रताडित, पारिवारिक बेमेलका कारण सिर्जित अनेकौँ समस्याको अचानोमा बाँचेका बालबालिका सिकार भइरहेका छन् ।
बालबालिकमा लगानी नै समृद्ध नेपालको आधार हो भत्रे ज्ञान सरकारलाई नभएको पनि होइन । तसर्थ, मुलुकको भविष्य यिनै बालबालिकाको हातमा छ तर सरकार बालबालिकामा न त प्रत्यक्ष लगानी नै गर्छ, न त निजी क्षेत्रलाई लगानी गर्न अवसर सिर्जना गरिदिन्छ ।