नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ नै शिलाजीत हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चमकिलो हुन्छ । यो तीतो, कसिएको र तातो हुन्छ । शिलाजीतको मुख्य उद्देश्य शरीरलाई बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो । शिलाजीत सुक्दाखेरी गोमूत्रजस्तो गन्ध आउँछ ।
शिलाजित अनेक पोषक तत्वहरुको पावर हाउस हो । यो आयुर्वेदिक रसायन जति शक्तिवद्र्धक छ, त्यत्ति नै ओज बर्द्धक, दौर्बल्यनाशक, पौष्टिक तथा स्वास्थ्यबर्द्धक छ । आयुर्वेदका अनुसार यसले कफ दोष तथा वाथ दोषलाई शमन गर्छ । त्यसैले कफजन्य तथा वातजन्य रोगहरुका लागि यो श्रेष्ठ औषधि हो । शिलाजीत कायाकल्प गर्ने रसायन हो । यो पोषक, ताकत बढाउने, पौरष शक्तिबर्द्धक , नर्भस सिस्टमको टनिक, स्मृति तथा बुद्धिबर्द्धक , पीडाहर, सुजन कम गर्ने, जीवाणु नाशक, पिसाब सम्बन्धि र छालाको रोगमा हितकारी, मृगौलाको पत्थरी फोड्नेवाला, तौल कम गर्ने, अन्य औषधिको गुण बढाउने, रक्तशोधक, हार्ट टनिक तथा स्वास्थ्य बर्द्धक पदार्थ हो ।
शिलाजीतको स्रोत :
शिलाजीत हिमालयको पर्वत, जसको उचाई १०० देखि ५०० मिटर चट्टानमा पाइन्छ । यो कालो वा खैरो रंगको गाढा पदार्थ हो । यसमा अनेकौ पोषक तत्वरु पाइन्छन् । यसको उत्पति चट्टानमा लामो समयदेखि दबेको रुखबिरुवा आदि तथा चट्टानबाट निक्लिने खनिज पदार्थबाट हुन्छ । त्यसैले शिलाजीतलाई कसै कसैले पहाडको रगत (माउन्टेन ब्लड) तथा हिमालय कफी पनि भन्ने गर्छन् । शिलाजीतमा फल्विक एसिड नामक खनिज मुख्यरुपमा पाइन्छ । पानीमा शिलाजीत सजिलै घुल्छ । यसको गन्ध गोमूत्र जस्तो हुने गर्छ ।
शिलाजीत मेडिसिन :
शुद्ध शिलाजीतको उपयोग मस्तिष्क, नसा, हृदय, मृगौला, मुत्राशय तथा प्रजन अंगका रोगहरुमा बढी गरिन्छ । जस्तैः मानसिक रोग, चिन्ता, तनाब, मानसिक थकान, डिप्रेसन, अल्जाइमर रोग आदि । मधुमेह, मृगी, हृदय कमजोरी, कोलेस्ट्रोल, दम, परानो खोकी, वाथ, गठिया । शुद्ध शिलाजीत सामान्यतया एक स्वास्थ्य टनिकका रुपमा उपयोगमा ल्याइन्छ । रसायन भएका कारण शिलाजीत अनेक रोगहरुमा निकै लाभकारी छ ।
मानसिक रोग र शिलाजीत :
शिलाजीत चिन्ता, तनाव तथा डिप्रेसन जस्ता मानसिक विकारहरुमा निकै उपयोगी मानिन्छ । शिलाजीतमा फल्विक एसिड हन्छ, जसले मन शान्त बनाउन तथा चिन्ता, तनाव तथा डिप्रेसनबाट मुक्ति दिलाउन उपयोगी हुन्छ । शिलाजीत व्यक्तिको प्रकृति तथा रोगको दोष हरेर निम्न लिखित पदार्थसँग मिलाएर सेवन गर्न उत्तम हन्छ । जस्तैः वाथ प्रकृति तथा वाथ दोष प्रधानतामाः शुद्ध शिलाजीतः ५०० मिलीग्राम, बाह्मी ५०० मिलीग्राम, शंखपुष्पी ५००, मालकांगनी ५०० मिलीग्राम,तथा जटामांसी ५०० मिलीग्राम । पित्त प्रकृति तथा पित्त दोष प्रधानतामाः शुद्ध शिलाजीतः ५०० मिलीग्राम, बाह्मी ५०० मिलीग्राम, शंखपुष्पी ५०० तथा फर्सी बियाँ पाउडर ५०० मिलीग्राम । कफ प्रकृति तथा कफ दोष प्रधानतामाः शुद्ध शिलाजीतः ५०० मिलीग्राम, बोझो ५०० मिलीग्राम तथा ज्योतिषमति ५०० मिलीग्राम ।
सेक्सटनिक शिलाजीत :
आयुर्वेद विज्ञानका अनुसार शिलाजीत सेवनले सेक्स पावर अत्याधिक बढाउने गर्छ । यति मात्रै होइन की शिलाजीतले शरीरमा कुनै पनि अन्य प्रभाव हुन दिँदैन । शिलाजीतले बुढ्यौलीमा देखिने समस्या पनि भगाउने गर्छ । शिलाजीतको मुख्य उद्देश्य शरीरमा शक्ति दिएर मान्छेलाई स्वास्थ्य, शक्तिशाली तथा पुष्ट बनाउनु हो । शिलाजीत सेवन गर्दा अत्याधिक टर्रो लागे पनि यसले शरीलाई ताप र सेक्सका बेला आवश्यक पर्ने वीर्य उत्पादन गर्ने आयुर्वेदमा उल्लेख छ । नियमित शिलाजीत सेवन गर्ने व्यक्तिले सेक्स धेरै गर्ने गरेको तथ्याङ्कले देखाएको छ । स्वप्नदोषको उपचारमा पनि शिलाजीत सेवन गर्न सकिन्छ । यसका लागि शुद्ध शिलाजीत, लौहभस्म, केसर तथा अम्बरलाई मिलाएर केही हप्ता सेवन गर्नाले स्वप्नदोषको समस्या निको हुने गर्छ । शिलाजीतको नियमित सेवनले रगतलाई पनि सफा गरेर विभिन्न रोगबाट जोगाउँछ । शिलाजीतको नियमित सेवनले पुरुषहरूमा सेक्स पावर बढाउन मद्दत गर्छ । नियमित शिलाजीतको सेवनले वृद्ध शरीरमा २० वर्षको उमेरमा जस्तै सेक्स क्षमता आउने आयुर्वेदे उल्लेख गरेको छ ।
शिलाजीत सेवन विधि :
साधारणतया शिजातीज सेवनको दैनिक मात्रा बालबालिकामा ६५ देखि २५० मिलीग्राम, वयस्कका लागि २५० देखि १००० मिलिग्राम तथा अधिकतम मात्रा ३ ग्राम (विभाजित खुराक) । आर्युवेदका अनुसार शिजाजीतको सेवन मात्र कम बाट शुरु गरेर बिस्तारै बढाउन ठीक हुन्छ । शिलाजीत बिहान खाली पेट तथा बेलकी सुत्नु भन्दा पहिला दूधमा मिसाएर गर्न उत्तम हुन्छ ।
सावधानी :
पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी) बाट पीडित रोगी, उच्च रक्तचाप, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन । शिलाजीतको सेवन गर्दा रातो खुर्सानी, तातो खाना र पेय पदार्थ, मसालेदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन । त्यस्तै राति जागा बस्ने, बिहान ढिलोसम्म सुत्ने, मलमूत्रको वेग रोक्ने अनि असाध्यै श्रम वा व्यायाम पनि गर्नु हुँदैन । गर्मीयाममा शिलाजीतको कम मात्रामा सेवन गर्नुपर्छ ।
पुछारमा :
रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीतको बडो महत्व छ । यौन दौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछ । विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ । उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन् । सिलाजित कफीको सर्वोत्तम र स्वास्थ्यवद्र्धक विकल्प हो । त्यसैले जाडो मौसममा चियाकफीको ठाउँमा एक कप दूधमा तीन चार थोपा जति शिलाजीत पिउनु निकै फाइदाजनक मानिन्छ । जाडोयाममा यसरी शिलाजीत सेवन गर्ने हो भने शरीरलाई जाडोबाट बचाउन सकिन्छ भने अनेक स्वास्थ्य फाइदा पनि प्राप्त गर्न सकिन्छ । त्यसैले जाडोयाममा कफी होइन, शिलाजीत दुध पिउने गरौं ।