काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजदेखि पार्टीको महाधिवेशन गर्ने भएको छ । बिहान ११ः३० मा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ । तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन हुनेछ ।
महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन् । राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।
राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको छ । महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ ।