एजेन्सी। स्विडेनमा पहिलो पटक महिला नेतृ माग्डालेना अन्डेर्सन प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।
निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन ।
संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उनको भन्दा धेरै मत उनको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएकी हुन् ।
नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए । मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।