• चैत्र १९ २०८१, बुधबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई विद्यार्थी संगठनहरुको ज्ञापनपत्र

मंसिर ८ २०७८, बुधबार

काठमाडौँ। संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।

ज्ञापनपत्रमा अखिल क्रान्तिकारी)अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकरी अध्यक्ष प्रकाश शाही ,मोहन वैद्य निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन्।