काठमाडौँ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दश इजलास तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले आजका लागि दुई एकलसहित आठ संयुक्त इजलास तोकेका हुन्। १० इजलासमा २६६ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चका अनुसार आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको छ।