प्यूठान । नेपाली कांग्रेसको प्युठान जिल्ला अधिवेशनको मतगणनाको क्रममा ढुंगा प्रहार भएको छ ।
१४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्लाको अधिवेशनमा मतगणनाको क्रममा युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका हुन् ।
युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारीका अनुसार प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ अश्रु ग्यास प्रहार गरेको हो ।
झडपका क्रममा दुई प्रहरीसहित ७ जना घाइते भएका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ भने अहिले मतगणना कार्य स्थगित भएको छ ।