• मंसिर १५ २०८१, शनिबार

निगमका पाइलटले ड्युटी सकिएको भन्दै रुकुम उडेको विमान नेपालगञ्जमै अवतरण गरे

मंसिर ७ २०७८, मंगलवार

काठमाडौँ। काठमाडौंबाट रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको विमान पाइलटले ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गरेका छन्।

हिजो सोमबार नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानका पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमै विमान अवतरण गराएका हुन्।
आठ जना यात्रु लिएर काठमाडौंबाट उडेको विमानमा पाइलट पेम्बा शेर्पा थिए। उनको ड्युटी विहान साढे ५ बजे सुरु भएर दिउँसो चार ४ बजेसम्म थियो।

काठमाडौंबाट चौरजहारीका लागि विमान उडाए पनि आकाशमै चार बजेपछि पाइलट शेर्पाले नेपालगञ्जमै अवतरण गरेका हुन्।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले रुकुमका लागि उडेको विमान नेपालगञ्जमा अवतरण भएको विषयमा अनुसन्धान थालिएको प्रतिक्रिया दिएका छन्।