दाङ । काँग्रेसको मंगलबार हुन गइरहेको संघीय महाधिवेशनमा दाङका तीनवटा निर्वाचन क्षेत्रमा सात जनाको उम्मेदवारी परेको छ ।
तीन संघीय सभापति पदमा सात जनाबीच प्रतिपर्धा हुन लागेको हो । दाङको निर्वाचन क्षेत्र नं ३ मा तीन जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा सबैभन्दा बढी उम्मेदवारी परेको हो । जहाँ संस्थापन प्यानलबाट सुरेन्द्रबहादुर खड्का, संस्थापन इतरबाट हालका संघीय सभापति जगतबहादुर खड्का र एकल रूपमा किरण शाह छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ मा सभापति पदमा संस्थापन पक्षबाट भिमप्रकाश खड्का र संस्थापन इतरबाट चित्रबहादुर डाँगीले उम्मेदवारी दिएका हुन् । दाङ निर्वाचन क्षेत्र नं १ मा संस्थापन पक्षधर भेषराज पाण्डे र संस्थापन इतरका मानिने सर्वजित डिसीको उम्मेदवारी परेको छ ।
क्षेत्र नं ३ मा किरण शाह बाहेक अरू सबैले प्यानल खडा गरी निर्वाचनमा होमिएका छन् । नेतृत्व चुन्न मंगलबार निर्वाचनको मिति तोकिएको छ ।