• मंसिर १५ २०८१, शनिबार

परराष्ट्र मन्त्रालयको हस्तक्षेपविरुद्ध अदालत जाने एनआरएनए

मंसिर ६ २०७८, सोमबार

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्र मन्त्रालयले पुनः हस्तक्षेप गरेको विषयमा अदालत जाने बताएको छ ।

एनआरएनएको निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले पुनः हस्तक्षेप गर्दै नेतृत्व छनोट थप अनिश्चित बनाइदिएको छ ।

एनआएनएले आगामी मंसिर २९ (डिसेम्बर १५) निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको थियो । गत शुक्रबार उक्त समयतालिका सार्वजनिक भएपछि परराष्ट्रले अर्को पत्राचार गर्दै अर्को निर्देशन जारी गरी पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषदको वैद्यता समेत नभएको जनाएको छ ।

‘हामी निर्वाचनको कार्यक्रमहरु रोक्दैनौं । परराष्ट्रको निर्देशनले हामी अन्यायमा परेका छौं । न्यायका लागि अदालत जान्छौं,’ उनले भने, ‘त्यसका लागि कानुन व्यवसायीहरुसँग परामर्श थालिसकेका छौं ।’

परराष्ट्रको नयाँ निर्देशन अनुसार अब निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषद्लाई तोकिदिएको छ ।

एनआरएनएको निर्वाचन समय तालिका परराष्ट्रले दोस्रोपटक स्थगित गरिदिएको हो । सुरुमा एनआएनएको निर्वाचन समय तालिका कात्तिक ३ गतेका लागि तोकिएको थियो । महाधिवेशन प्रतिनिधीहरुको विवाद रहेको भन्दै परराष्ट्रले उक्त निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।