• मंसिर १३ २०८१, बिहीबार

सडक प्रदर्शनमा पोखियो कोरोना समस्या : बेल्जियममा र्याली जारी

मंसिर ६ २०७८, सोमबार

काठमाडौं । विश्वमा कोरोना महामारीको एकपछि अर्को संक्रमण हुँदै गर्दा युरोप फेरि पनि महामारीको केन्द्र हुन पुगेको छ । युरोप अहिले महामारीको चौथो लहर झेलिरहेको छ ।

कोरोना महामारीविरुद्ध खोपको आविष्कार गर्न सफल युरोप चीनको जस्तो महामारी नियन्त्रण गर्न सफल छैन । यसमा खोपमा भएको औषधीको संयोजन र अनुपातले कति काम गरिरहेको छ, यो विशेषज्ञले नै जान्छन् होला, तर खोपको व्यवस्थापन भने उचित रुपमा हुन सकिरहेको देखिदैन ।

युरोपमा सबैभन्दा बढी जर्मनी संक्रमित छ । यसले देशलाई कस्तो स्थितिमा रहेको भनी जानकारी दिने भनेर आन्तरिक गृहकार्य गरिरहेको छ । संभावना छ, जर्मनीलगायत युरोपीय देशमा स्वास्थ्य संकटकाल पनि लागु हुन सक्छ ।

उता नेदरल्याण्डमा भने आंशिक लकडाउन सुरु भैसकेको छ । यो पूर्ण रुपमा लकडाउनमा जानसक्ने पनि देखिएको छ । बेल्जियममा घरैबाट काम गर्न भनिएकोमा सबैले त्यसै गरे पनि स्वास्थ्य स्थितिमा सुधार ल्याउन नसकेको भनेर राजधानी सहर ब्रसेल्समा ठल्ठूला सडक प्रदर्शन भैरहेका छन् ।

यसले अष्ट्रिया र क्रोयशियालाई पनि अछुतो राखिरहेको छैन । त्यहाँ पनि प्रदर्शन जारी छ ।