• आश्विन १३ २०८१, आईतवार

मस्तिष्कको दायाँ भागमा यसरी सुधार ल्याउन सकिन्छ

मंसिर ६ २०७८, सोमबार

भनिन्छ, मस्तिस्कको बायाँ भागले मनोेभावना वा इन्द्रीयग्राह्य ज्ञानको प्रतिनिधित्व गर्दछ । तर दायाँ भागले भने वौद्धिक ज्ञानको प्रतिनिधित्व गर्छ । यही वौद्धिक ज्ञानको प्रतिनिधित्व गर्ने मस्तिस्कको सुधार मानिसका लागि निकै नै उपयोगी हुन्छ ।

यसका लागि निम्नलिखित शारीरिक तथा मानसिक व्यायाम गरिनु जरुरी हुन्छ । शारीरिक तथा मानसिक काम गराइमा मेल र संयोजन हुनु जरुरी हुन्छ ।

१. आजको १० वर्षपछिको आफ्नो संगठन, घर, स्वयम् पत्नी वा पतिको कल्पना गर्नुहोस् ।

२. आफ्नो कार्यालय घरको पुनःसंभार गर्नुहोस् र त्यसमा पोस्टरहरु लगाउनुहोस् ।

३. आफ्नो काम व्यवसाय र परिवारका लागि एक लोगो चिन्ह बनाउनुहोस् ।

४. आफ्नो अन्तरज्ञान र आत्मविश्वासको आधारमा निर्णय लिनुहोस् ।

५. नयाँ उत्पादनको कल्पना गर्नुहोस् ।

६. संगीत सुन्नुहोस् ।

७. एक टिमको रुपमा काम गर्नुहोस् ।

८. शब्दहरुलाई चित्रमा बदल्नुहोस् ।

९. बच्चासँग उनीहरुको इच्छाअनुसार कुनै खेल खेल्नुहोस् ।

१०. प्रकृतिको साथ रहनुहोस् । चन्द्रमा, रुख–विरुवा, फुलका पातहरु निकाल्नुहोस् र हावाको महसुस गर्नुहोस् ।

११. आध्यात्मिक बन्नुहोस् । तर कुनै धर्मको बिल्ला भिर्नुपर्छ भन्ने जरुरी छैन ।

१२. मान्छेहरुलाई धन्यावाद दिनुहोस् । उनीहरुप्रति आभार प्रकट गर्नुहोस् ।