काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक मंगलबारका लागि सारिएको हो।
बैठक मंगलबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको जनाइएको छ । बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने बताइएको छ।