काठमाडौँ। नेपाल बार एसोसिएसनले सोमबार सभामुख र संसदीय दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउँदै छन् ।
सर्वोच्च अदालत बार एसाेसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सोमबार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकाेटासहित संसदीय दलका नेताहरूलाई भेट्न समय तय भएको बताए ।
प्रधानन्यायाधीश चाेलेन्द्र शमशेरलाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणका लागि ज्ञापनपत्र बुझाउन लागिएको उनले बताए ।