• मंसिर १३ २०८१, बिहीबार

झन आकासियो तरकारीको भाउ

मंसिर ६ २०७८, सोमबार

काठमाडौं । काठमाडौंस्थित कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज विभिन्न तरकारीहरुको मूल्य सूची सार्वजिनक गरेको छ ।

पछिल्लो समय तरकारीमा मूल्यवृद्धि उच्च रहेको छ । आलु रातोको आजको प्रतिकेजी औसत मूल्य ५७.५० रुपैयाँ रहेको छ । स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ रहेको छ भने काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ५४ रुपैयाँ रहेको छ ।

गान्टे मुलाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको छ । भारतीय ठुलो गोलभेडाको प्रतिकेजी औसत मूल्य १०५ रुपैयाँ रहेको छ भने ब्रोकाउलीको प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँ रहेको छ ।