• मंसिर १५ २०८१, शनिबार

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा (दस्ताबेज सहित)

मंसिर ५ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक घोषणा गरेका हुन् ।

रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका छन् । ‘अध्यक्ष पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।

पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरूमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रूपमा अगाडि बढाउने दृढ अठोट लिएको रावलले उल्लेख गरेका छन् ।

रावलले पार्टी कार्यालय थापाथलीबाट उमेदवारी घोषणा गर्न नपाएको पनि गुनासो गरेका छन् ।